Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

०५ शुक्रबार , बैशाख २०८२३ महिना अगाडि

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तुकाे शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । हिँजाेराति साढे ११ बजेकाे समयमा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएकाे हाे ।

राति बत्ति गएका बेला शौचालय गएर फर्किएका अध्यक्ष माथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले जनाएका छन् ।

अध्यक्षकाे घरकाे कम्पाउण्ड बाहिरबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएकाे छन । कम्पाउन्ड बाहिरवाट हानेको गोलीले उनलाई कुनै चोटपटक नलागेको पनि उनले प्रहरीलाई बताएकाे बुझिएकाे छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।