Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भोलिदेखि राम्री–कपुरकोट सडकखण्ड बन्द

०७ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

भोलिदेखि राम्री–कपुरकोट सडकखण्ड बन्द

राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री–कपुरकोट सडकखण्ड एक साता बन्द हुने भएको छ । सडक विस्तारका निम्ति भोलिदेखि वैशाख १४ गतेसम्म दैनिक ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय, दाङका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने छ ।

कार्यालयद्धारा जारी सूचनामा भनिएको छ, ‘सडक स्तरोन्नति कार्य गर्ने शिलशिलामा निर्माण व्यवसायीले कार्य सम्पन्न गर्ने प्रतिबद्धताका साथ सवारी आवगमनमा आवश्यक सहजीकरण अनुरोध गरेकोले मिति २०८२–०१–०८ गतेदेखि मिति २०८२–०१–१४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सात दिनको लागि राप्ती राजमार्गको राम्री–कपुरकोट सडकखण्ड बन्द हुने जानकारी गराइन्छ ।’

कार्यालयले वैकल्पिक मार्गको रुपमा साना तथा अत्यावश्यक सवारीसाधनलाई उक्त समयावधिमा पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट सडकखण्ड प्रयोग गर्नसमेत सुझाएको छ ।