
मुस्ताङ घुम्न आएकी अमेरिकी नागरिक अपहरण गरेर साढे ४ करोड फिरौती माग गर्ने एक महिला पक्राउ परिन र छानबिन भयो । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामा अपहरण र फिरौती प्रकरणमा मुछिइन् ।
सरिता लामालाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबू ओलियाले जानकारी दिएका थिए । अमेरिकाकी ७० वर्षीया एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । यसरी अपहरणका घटना सार्वजनिक भएपछि कुटनीतिक बृत्तमा ठूलै तरङ्ग फैलिएको छ ।
ती अमेरिकन महिलासँग लामाको सामान्य चिनजान थियो । अमेरिकन महिलाले नेपालमा रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन् र पछ्याइन् । सोही क्रममा पोखराको लेकसाइडस्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई आफ्नो घरमा लैजान्छु भनेर आकर्षित पारेर घरमा लगेकी थिइन् ।
यसपछि उनले आफ्नो अपहरणको योजना लागू गरिन् । अमेरिकन महिलालाई घर लगिनन्, घर नलगी लुकाएर फिरौती माग्न थालिन् । त्यस घटनाको बारेमा अमेरिकी दूतावासले थाहा पायो र दूतावासले कास्की प्रहरीमा छानबिन र अमेरिकी नागरिकको सुरक्षाका लागि आग्रह गरेको थियो । नेपाल प्रहरी हर्कतमा आयो र कास्की प्रहरीले तुरून्तै अनुसन्धान टोली खटाएर महिलाको उद्धार गर्न सफल भयो ।
समाचारअनुसार एसपी ओलियाका अनुसार लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड फिरौती मागेकी थिइन् । घटनाबारे दूतावासले प्रहरीमा खबर गर्नासाथ प्रहरी परिचालन भएका थिए । ‘अमेरिकी नागरिकसँग सम्पर्क सामान्य रहेछ । नेपाल आएको बेला कहाँ कहाँ घुम्ने भन्ने अभिलेख राखेको र नेपाल आइसकेपछि घरमा लान्छु भनेर पोखराबाट लगेको तर घरमा नलगेको अनुसन्धानले देखायो,’ प्रहरीले भने– ‘पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो । घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने र फिरौती असूल गर्ने तयारी गरेको देखिन्छ ।’
लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा म्याद थपेर अनुसन्धान थालिएको छ । दूतावासले गम्भीर रूपमा लिएको छ ।