Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

शंकराचार्यलाई निमन्त्रणा

१० बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

शंकराचार्यलाई निमन्त्रणा

‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी 
शंकराचार्यको आगमनलाई केन्द्रित गर्दै विचार गोष्ठी सम्पन्न
शंकराचार्यलाई देवडिहा आगमनका लागि निमन्त्रणा

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी देवडिहामा सम्पन्न भएको छ । 
उक्त कार्यक्रमको केन्द्रबिन्दू पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थितिसँगै शंकराचार्यजीको आगामी देवडिहा आगमन रहेको थियो ।
गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गरेका थिए । उनले आफ्नो मन्तव्यमा भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनको लागि औपचारिक निमन्त्रणा समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता ९कलकत्ता हाईकोर्ट० तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा थिए । उनले धर्म, अध्यात्म र राष्ट्रबोधको विषयमा गहन विचार प्रस्तुत गरेका थिए ।
विशेष अतिथिका रुपमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा।राजीव झा, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। आर।एन। झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, सुभाष झा लगायत उपस्थित थिए ।
समूहका अध्यक्ष राजीव झाले नेपाल–भारत खुला सिमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धमाथि प्रकाश पार्दै खुला सीमालाई पूर्णरुपले खुला नै गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको सम्बन्ध र नेपाल–भारतको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ ।