Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ

१० बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

मतदाताहरूमा निर्वाचन आयोग 
हार्दिक अनुरोध  गर्दछ

निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको छ। उक्त कार्यक्रम बमोजिम द्दण्डज्ञ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वि।सं। २०८२ वैशाख १ गतेबाट अद्यावधिकको  प्रक्रिया प्रारम्भ भैसकेको छ। कार्यक्रम बमोजिम मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन भएको छ। उक्त नामावलीवाट अद्यावधिक कार्य सम्पन्न भएपछि २०८२ वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। 
 

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वि।सं। २०८२ वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। मतदाता नामावली अद्यावधिक कार्यक्रम संलग्न छ। अद्यावधिक कार्यक्रम बमोजिम अनलाइन मार्फत निवेदन पेश गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ। उपरोक्त अनुसारको कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला एवम् मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ।
साथै यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने व्यहोरा समेत सम्बन्धित सरोकारवालाहरूका लागि जानकारी गराइन्छ।

थप जानकारीका लागि सम्पर्क व्यक्ति र सम्पर्क नम्बरहरु

प्रवक्ता श्री निता पोखरेल अर्याल                   ९८५१३२१३८४ 

साहयक प्रवक्ता श्री दुर्गा प्रसाद चालिसे         ९८५१३२१३८५