Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

चिकित्सक श्रमिक सहकारी संस्था बन्द हुँदै

१० बुधबार , बैशाख २०८२९ दिन अगाडि

चिकित्सक श्रमिक सहकारी संस्था बन्द हुँदै

डाक्टरहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका–१०, मा रहेको उक्त सहकारी संस्था आफैंले दर्ता खारेजीका लागि निवेदन दिएको हो ।

२०७७ सालमा स्थापना भई सञ्चालनमा आएको सो सहकारी पाँच वर्ष पूरा नहुँदै बन्द हुन लागेको हो । महानगरको सहकारी विभागले आज सार्वजनिक सूचना निकालेर चिकित्सक श्रमिक सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएको जानकारी गराउँदै संस्थासँग कुनै लेनदेन भए सम्पर्कमा आउन आग्रह गरेको छ ।

‘नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड ०३/०७७/७८ का.म.पा–१० काठमाडौंले दर्ता खारेजी स्वीकृतिका लागि मिति २०८१–१२–०१ मा निवेदन पेश भएको एवं संस्थाको विनियमबमोजिम हाल संस्था सञ्चालनमा समेत नभएकोले उल्लिखित संस्था दर्ता खारेजी प्रक्रिया अघि बढाउनका निम्ति संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।