Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्स बिच सम्झौता

११ बिहिबार , बैशाख २०८२एक बर्ष अगाडि

जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्स बिच सम्झौता

एप्पलका सामान खरिदमा २० प्रतिशत छुट सहित सरल किस्ताबन्दीको व्यवस्था

काठमाण्डौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र सुर्यज्योति लाईफ इन्सुरेन्स बिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो ।

उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक श्री गुरुदत्त शर्मा र सुर्यज्योति लाईफ इन्सुरेन्सका तर्फबाट कम्पनीका प्रमुख व्यापार संचालन अधिकृत श्री राजिव गर्बचार्यज्यूले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी तथा ग्राहकहरुले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्टमा जिरो प्रतिशत व्याँजदरमा नविल बैंक मार्फत सरल किस्ताबन्दी सुविधा समेत लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम २० प्रतिशत सम्म छुट पाउनेछन् ।

सुर्यज्योति लाईफ इन्सुरेन्सका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरलरुपमा किस्ताबन्दी र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक श्री गुरुदत्त शर्माले जानकारी दिए । उक्त छुट तथा किस्ताबन्दीका लागि कर्मचारी तथा कम्पनीका ग्राहकहरुले इन्सुरेन्स गरेको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुट तथा एप्पलका उत्पादनमा ४० प्रतिशत डाउनपेमेन्ट गरि नविल बैंक मार्फत एप्पलका सामान उपलव्ध गराउनेछ ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाण्डौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु विक्री गर्दै आएको छ । जोय स्टोरका प्रवन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ बर्षको वारेन्टि, २ बर्षको इन्सुरेन्स, म्याकबुकमा २ बर्षको वारेन्टि र एयरपडमा समेत २ बर्षको वारेन्टिको सुविधा दिईरहेको प्रवन्ध संचालक शर्माले जानकारी दिनुभयो ।