
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
समितिले रजिष्ट्रार पदका लागिसमेत आवेदन मागेको छ । ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त आह्वान गरेको समितिले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिलाई यही वैशाख २० गतेभित्र आफूले चाहेको पदमा कार्यविधिमा तोकिएको ढाँचामा आवेदन दिन भनिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा दिइएको लिंकमार्फत वा मन्त्रालयको उच्च शिक्षा शाखामा आवेदन पेश गर्न सकिने सूचनामा जनाइएको छ ।