Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सर्वोच्चद्वारा एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश

१२ शुक्रबार , बैशाख २०८२९ महिना अगाडि

सर्वोच्चद्वारा एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश

सर्वोच्च अदालतले माध्‍यमिक शिक्षा एसईईको नतिजा समयमै प्रकाशन गर्न सरकारको नाममा आदेश जारी गरेकाे छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश जारी गरेकाे हो ।

सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘ तत्काल आवश्‍यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यक्षमिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयममा प्रकाशन हुन नसक्‍ने अवस्थाको सृजना हुन नदिनू ।’

यसअघि शिक्षकहरूकाे आन्दोलनका कारण स्थगित भएकाे कक्षा १२ को परीक्षा पनि तोकिएकै समयमा गर्न अदालतले आदेश दिएको छ । त्यस्तै झण्डै एकमहिनादेखि आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन समेत अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

शिक्षकहरूले गत चैत २० गतेबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । सरकारसँग पटकपटक वार्ता भएपनि सफल हुन नसकेकाे भन्दै उनीहरूले दैनिक माइतिघर बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।