Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्व

१४ आइतबार , बैशाख २०८२४ दिन अगाडि

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने पर्व

आज जन्मदाता आमाकाे सम्मान गरी मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व मनाइँदै छ । आज आमालाई मीठा-मीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिसाथ याे पर्व मनाइँदै छ ।

हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्वमा छोराछोरीले बिहानै उठेर नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन रहेकाे छ । त्यस्तै आमा नभएकाहरूले आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमाकाे महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आफ्नाे सन्तानलाई नौ महिनासम्म गर्भमा राखेर जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी रहेकाे छ भने बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने शास्त्रीय ग्रन्थमा समेत उल्लेख गरिएको छ । त्यसैले आजकाे दिनमा आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गर्ने परम्पार रहेकाे छ ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नु पर्ने भनिएकाले पनि यो पर्वकाे महत्व रहेकाे छ । त्यसैले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

त्यसैगरि आज चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा भव्य मेला लाग्ने गर्दछ । आमा नभएकाहरूले मातातीर्थमा गएर दिवङ्गत आमाकाे सम्झनामा पूजापाठ गरि तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा समेत रहेकाे छ ।