Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

डोल्पामा भूकम्पको धक्का

१४ आइतबार , बैशाख २०८२४ दिन अगाडि

डोल्पामा भूकम्पको धक्का

डोल्पामा आज बिहान ३ बजेकाे समयमा भूकम्प गएकाे छ । आज बिहान गएकाे भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

आज बिहान ३ : ६ बजेकाे समयमा डोल्पाको कान्जिरोबा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे हाे । पछिल्लाे समय पश्चिम नेपालमा बेलाबेलामा भूकम्प जाने गरेकाे छ भने यसअघि गोरखामा भूकम्प गएको १० वर्ष पुगेकै दिन बैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बैशाख १२ गते शुक्रबार सिन्धुपाल्चोकमा गएकाे भूकम्पको कारण त्यहाँका स्थानीयबासीलाई भयभित बनाएको थियो । आज डोल्पामा गएकाे भूकम्पबाट कुनै क्षतिकाे खबर नआएको भएपनि यस्ता साना भूकम्पलाई भविष्यमा ठूला भूकम्पको पूर्वसङ्केतका रूपमा लिने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।