Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सहकारी ठगी अभियोगमा सांसद माया राई पक्राउ

१४ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

सहकारी ठगी अभियोगमा सांसद माया राई पक्राउ

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी अभियोगमा सांसद माया राई पक्राउ परेकी छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद राईलाई शनिबार राति कपनस्थित निवासबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतकाअनुसार कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद राईलाई प्रहरीले पक्राउ गरेको बताइएकाे छ । उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा चलाउन सिफारिस भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

२०७४ सालमा उक्त सहकारीकी सहसचिवको भूमिकामा रहेकी राईमाथि करिब ५ हजार ६ सय ६९ जना बचतकर्ताबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँभन्दा बढी ठगी भएको अनुसन्धानबाट खुलेको र प्रारम्भिक उजुरीमा मात्रै ६९० जना पीडितले १ अर्ब १९ करोड रुपैयाँ ठगी भएको दाबी गरेकाे बताइएकाे छ ।

उक्त ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा मुद्दा दायर गरिएकोमा मुख्य अभियुक्तसहित ३४ जना फरार रहेका थिए । प्रारम्भमा राई प्रतिवादीको सूचीमा परेकाे भएपनि पछिल्लो अनुसन्धानपछि सरकारी वकिलको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।