Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने २ जना पक्राउ

१४ आइतबार , बैशाख २०८२४ दिन अगाडि

आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने २ जना पक्राउ

आकर्षक तलबमा वैदेशिक राेजगारीमा पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान टाेलीले पक्राउ गरेको हाे ।

चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भइ हाल काठमाडौँ महानगरपालिका-९, बस्ने नारायण बस्नेतलाई प्रहरीले पक्राउ गरेको हाे । उनले १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकाे र पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ सिनामंगलबाट शुक्रबार पक्राउ गरेको बताइएकाे छ ।

त्यसैगरि अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका गोरखा अजिरकोट गाउँपालिका-४, घर भइ काठमाडौँ महानगरपालिका-१६, बस्ने २२ वर्षीय अनिल देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौँकाे बबरमहलबाट बुधबार पक्राउ गरेको हाे ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको नेपाल प्रहरीले जनाएको छ ।