
मुलुककै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको तितेकरेलामा अत्याधिक विषादी भेटिएको छ । चितवनबाट बिक्रीका लागि ल्याइएको तितेकरेलामा विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार १७ थरीका तरकारीको विषादी परीक्षण गरिएको थियो । सो क्रममा चितवनबाट ल्याइएको तितेकरेलामा अगानोफस्फेट नामक विषादी ७५ प्रतिशत भेटिएपछि त्यसलाई नष्ट गरिएको समितिको भनाइ छ ।
कालीमाटीमा भित्रिने तरकारीको कार्वामेट र अर्गानोफस्फे गरी दुई प्रकारका विषादी परीक्षण हुँदै आएको छ । यी विषादी तरकारीमा ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्य योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत भेटिएमा केही दिन राख्ने र पर्खने गरिन्छ । त्यस्तै, ४५ प्रतिशतभन्दा बढी भएमा विसर्जन गर्ने गरिएको छ ।