Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पाल्पामा जिप दुर्घटना तीनकाे मृत्यु, दुई घाइते

१५ सोमबार , बैशाख २०८२३ दिन अगाडि

पाल्पामा जिप दुर्घटना तीनकाे मृत्यु, दुई घाइते

गएराति पाल्पाकाे रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वरमा भएकाे जिप दुर्घटनामा परि तीन जनाकाे मृत्यु भएकाे छ । असारेबाट ठूलापोखरा जाँदै गरेकाे लु १ ज २३७७ नम्बरको जिप दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वर स्थित सर्वोत्तम सिमेन्ट खानी नजिकै जिप सडकबाट झण्डै २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जनाएका छन् ।

दुर्घटनामा गम्भीर घाइते पाँच जनालाई तत्कालै तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको र उपचारका क्रममा रैनादेवी छहरा–१ का ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त जिप दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । जिप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।