Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

साढे दुई दर्जन जिल्लामा फैलियो डढेलो

१५ सोमबार , बैशाख २०८२३ दिन अगाडि

साढे दुई दर्जन जिल्लामा फैलियो डढेलो

सुख्खा मौसमसँगै देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । पछिल्लो एक सातामा मुलुकका साढे दुई दर्जन बढी जिल्लामा डढेलो फैलिएको छ ।

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीमा अद्यावधिक विवरणअनुसार गत वैशाख ८ गतेदेखि आज बिहानसम्म देशभरका विभिन्न ३१ जिल्लामा डढेलोका घटना भएका छन् ।

विवरणअनुसार डढेलोका एक सय २५ वटा घटनामध्ये सबैभन्दा धेरै कैलाली र सुर्खेतका बराबर १६ स्थानमा भएको छ । त्यसपछि कञ्चनपुरका ११, डडेल्धुराका दश, मकवानपुरका आठ, प्युठान र बर्दियाका ६–६, अछामका पाँच, धादिङ, डोटी र तनहुँका चार–चार स्थानमा डढेलोका घटना भएका छन् ।

चितवन, गोरर्खा, नवलपुर र सल्यानका तीन–तीन, रामेछाप, नुवाकोट, ललितपुर र भोजपुरका दुई–दुई र बाँके, दार्चुला, डोल्पा, गुल्मी, कपिलवस्तु, ओखलढुंगा, पर्सा, पाल्पा, रसुवा र उदयपुरका एक–एक स्थानमा डढेलो लागेको छ ।

बढीजसो डढेलो राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपास सल्किएका छन् । एकातिर वर्षा नभएर सुख्खा बढ्नु, अर्कोतिर सामुदायिक वनहरुमा पातपतिङ्गर, हाँगाबिंगाहरु थुप्रिदा डढेलो लाग्ने गरेको छ । डढेलोका घटना बढेसँगै देशभरको वायुको गुणस्तर पनि खस्किँदै गएको छ ।