Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

चार महिनापछि यारी नाका सञ्चालनमा

१५ सोमबार , बैशाख २०८२३ दिन अगाडि

चार महिनापछि यारी नाका सञ्चालनमा

हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ । चिसोको कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय चार महिनापछि  पुनः सञ्चालनमा आएको हो ।

अत्यधिक चिसोका कारण बन्द भएको कार्यालयमा कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेपछि सेवा सुरु भएको बताइएको छ । कार्यालय प्रमुख जैसीका अनुसार तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको र आइतबारदेखि पुन: सञ्चालनमा आएको छ ।

यारी नाका भन्सार कार्यालय पुग्न सदरमुकामबाट नारा लेख काटेर जानुपर्ने र हिमपात हुने समयमा उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्दछ । अहिले नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक आयोजनाले पन्छाउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने छ भने यातायात सेवा सञ्चालनमा आएपछि ताक्लाकोटबाट पनि पुनः सामान आयात सुरु हुने बताइएको छ ।