Advertisement Banner
Advertisement Banner

२४ आइतबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

उषाकिरण फाउन्डेसनको अध्यक्षमा सर्वसम्मत

१५ सोमबार , बैशाख २०८२१० महिना अगाडि

उषाकिरण फाउन्डेसनको अध्यक्षमा सर्वसम्मत

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनबाट उषाकिरण भण्डारी सर्वसम्मत चयन भएकी छन् । हिँजो आइतबार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत भएसंगै सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन भएका छन् । राष्ट्रिय सम्मेलनबाट ३१ सदस्य कार्यसमिति गठन गरिएको छ । 

जसको सदस्यहरुमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्राडा प्रेम सागर चापागाईँ, प्राडा ध्रुवबहादुर कार्की, प्राडा नन्दबहादुर सिंह रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्राडा बद्रिविशाल पोखरेल, डाक्टर विमला राई पौडेल, डाक्टर कैलाश भण्डारी, रामशरण प्याकुरेल सर्वसम्मत भएका छन् ।

फाउन्डेसनका संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेद्वारा उदघाटन भएको सम्मेलनले डाक्टर कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ईञ्जिनियरअमन कुमार मास्के, चिन्तन पाठक, विनय केसी, अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डाक्टर सुरेश तिवारी र बलबहादुर आचार्य लगायतलाई सर्वसम्मत सदस्य चयन गरेको छ ।