
नेपालमा मानव अधिकारको अवस्था झनै खास्किँदै गएको एमनेस्टी इन्टरनेसनलले बताएको छ । मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० बर्ष बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको बताउदै यसको असर नेपालमा पनि परेको बताएको हो ।
सन् २०२४ मानव अधिकारको अवस्थामा संतोषजनक नरहेको र सरकार नै आलोचनालाई दबाउने कार्यमा देखा परेको प्रतिवेदन सार्वजनिक गर्दै एमनेस्टी इन्टरनेसनलको नेपालका निर्देशक निराजन थपलियाले बताए । उनले प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक तितरबितर पार्ने र हिरासतमा लिने कार्य गरेर सरकारले नै आलोचनालाई दबाउने प्रवृत्ति बढेको समेत उल्लेख गरेका छन् ।
प्रदर्शनका लागि निषेधित क्षेत्र तोक्ने क्रम बढेको,अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भएको, पत्रकारमाथी कुटपिट र धम्की बढेको,दण्डहीनता कायम गरिएको, महिला र बालबालिकामाथि हिंसा जारी रहेको तथा जातीय हिंसा नरोकिए,थुनुवाको अधिकार उल्लंघन भएको,प्राकृतिक बिपत्त बाढी पहिरो पीडितले न्यूनतम राहत समेत पाउन नसकेको अवस्था रहेको समेत उल्छलेख गरिएको छ ।