Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

धरानबाट हराएको बस विराटनगरमा

१६ मंगलबार , बैशाख २०८२२ दिन अगाडि

धरानबाट हराएको बस विराटनगरमा

सुनसरी जिल्लाको धरान बरगाछीबाट हराएको बस विराटनगरमा भेटिको छ । आज बिहान बसको पाटपुर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा बस फेला परेको हो ।

धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस हराएको थियो । आज उक्त बस विराटनगर–१२ स्थित मंगलबारे चोक नजिक रोकेर टुक्‌र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको बताइएको छ ।

आज बिहान विराटनगर–६, मा गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको र बस भने विराटनगर १२ मा रोकिएको अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार कवाडी गोदाम सञ्चालक गीतादेवी साह उनलाई सहयोग गर्दै आएका उनका ज्वाँई दिपेन्द्र साह कवाडी गोदाम छोडेर भागेको बताइएको छ ।

प्रहरी कवाडी गोदाममा पुगेपछि सञ्चालक गीतादेवी साह जोगबनीतर्फ लागेको बुझिएको बताउदै प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।