
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बन्दुकको तलतल जागेको देखिन्छ र जति गरे पनि एमाले–कांग्रेस गठबन्धन तोड्न नसकेपछि उनको सवरको बाँध फुटेर यस्तो प्रतिकृया आएको विश्लेषण हुँदैछ ।
प्रचण्डले भनेका छन्– अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाइँ लड्नुपर्ने बाध्यता रहेको छ र राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादीसँग बन्दुक नभएको र अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताएका हुन् र उनले संचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका विरुद्ध लड्न आवश्यक छ भनेर कार्यकर्ता उचालेका छन् ।