Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

घुुससहित समातिएका सईविरुद्ध मुद्दा दायर

१७ बुधबार , बैशाख २०८२एक दिन अगाडि

घुुससहित समातिएका सईविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत (सई) खिमबहादुर खड्काउपर मुद्दा दर्ता भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले गत चैत १४ गते उनलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । आयोगका अनुसार सई खड्काले भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग सो रकम बुझेको पाइएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम ३० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।