Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कस्मेटिक, फुड्स सप्लिमेण्ट र न्युट्रास्युटिकल आयात तथा उत्पादकलाई उपस्थित हुन निर्देशन

१७ बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

कस्मेटिक, फुड्स सप्लिमेण्ट र न्युट्रास्युटिकल आयात तथा उत्पादकलाई उपस्थित हुन निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड्स सप्लिमेण्ट र न्युट्रास्युटिकल आयात तथा उत्पादनकर्तालाई बोलाएको छ । विभागले एक सूचना जारी गर्दै त्यस्ता वस्तु आयातकर्ता तथा उत्पादकलाई आगामी सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

कस्मेटिक, फुड्स सप्लिमेण्ट र न्युट्रास्युटिकल वस्तुमा अनुचित व्यापारिक क्रियाकलाप भइरहेको गुनासो आएकोले सोही सम्बन्धमा अनुसन्धानका लागि बोलाएको विभागले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘कस्मेटिक, फुड्स सप्लिमेण्ट र न्युट्रास्युटिकल वस्तुहरुमा कसैले अनुचित व्यापारिक व्यवसायजन्य क्रियाकलाप गरिरहेको, बजारमा एकाधिकार कायम गरी अन्य कुनै तरिकाबाट वस्तु सेवाको मूल्य, कमसल वस्तु पैठारी वा बिक्री वितरण भइरहेको भन्ने गुनासो प्राप्त भएको हुँदा त्यस्ता सामान उत्पादन तथा आयात गर्ने फर्म, कम्पनी, उद्योगलाई सातभित्र विभागमा सम्पर्क गर्न आउनुहुन सूचित गरिन्छ ।’

व्यवसाय दर्ता, कर चुक्ता प्रमाणपत्र, एक्जिम सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता तथा वस्तु उत्पादन इजाजत, प्रज्ञापनपत्र, वस्तुको एनालाइसिस रिपोर्ट, ट्रेडमार्क र उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिमको लेबल नमुनासहित उपस्थित हुन विभागको निर्देशन छ ।