Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ बिहिबार , बैशाख २०८२१२ घण्टा अगाडि

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

हरेका वर्ष मे १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । यसवर्ष मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएकाे हाे ।
    
हरेक वर्ष श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा मे १ तारिखलाई पर्वका रूपमा मनाउने गरिन्छ । यस दिवसलाई विश्वभरका मजदुरले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ का नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाउने गरिएकाे हाे । उक्त आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएकाे र अन्ततः मजदुर आन्दोलनले सफलता हासिल गरेकाे थियाे ।

त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको बैठकले विश्वभर विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हाे । साेही अनुसार २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिएर मनाउन थालिएकाे हाे भने अहिले पनि नेपाल सरकारले सार्वजनिक बिदा दिएर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरेकाे छ ।