Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाडाैँ लगायता देशको पहाडी भूभागमा बदलीसँगै वर्षा

१८ बिहिबार , बैशाख २०८२एक बर्ष अगाडि

काठमाडाैँ लगायता देशको पहाडी भूभागमा बदलीसँगै वर्षा

अहिले मुलुकभर पश्चिमी वायु, स्थानीय प्रणालीसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावकाे कारण काठमाडाैँ लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीसँगै वर्षा भइरहेकाे छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति रहेकाे भएपनि अन्य क्षेत्रकाे पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको स्थिति मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा अहिले चट्याङ्गसहित हल्का वर्षा भइरहेको बताइएकाे छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने विशेषगरी पहाडी भेगका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरि हिमाली क्षेत्रमा हिमपातकाे पनि सम्भावना रहेकाे अनुमान गरिनुका साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीको सम्भावना पनि उच्च रहेको महाशाखाले जनाएकाे छ । आज राती पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको बताइएकाे छ ।

त्यस्तै महाशाखाले मौसमी प्रणालीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।