
कोशी प्रदेशमा पहिलो पटक प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएकाे छ । आज र भोलि दुई दिन चल्ने उक्त सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
कोशी प्रदेश सरकारकाे पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिने बताइएकाे छ । जसमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालले जनाएका छन् ।
काेशी प्रदेशकाे उक्त लगानी सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत १ खर्ब ७३ अर्ब ४९ करोड बराबरकाे रहेकाे छ भने पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आईटी, सेवा लगायत ८ वटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।
दुई दिने उक्त सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता रहने बताइएकाे छ ।