Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

अब बसोबास गरेकै स्थानमाबाट स्वास्थ्य बीमा सेवा पाइने

१८ बिहिबार , बैशाख २०८२८ घण्टा अगाडि

अब बसोबास गरेकै स्थानमाबाट स्वास्थ्य बीमा सेवा पाइने

स्वास्थ्य बीमामा आबद्ध नागरिकले बीमा गरिएको स्थानमा नपुगी आफू बसोबास गरेको स्थानमाबाटै सेवा पाउने भएका छन् । हिँजाे बसेकाे मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेकाे प्रस्तावमा स्वास्थ्य बीमा नियमावली संशोधन गरी उक्त व्यवस्था पारित गरेको हो ।

उक्त व्यवस्था नागरिकले बीमा गरिएको स्थानमा फर्कनु नपरी आफू बसेकै स्थानबाटै प्रथम सेवा बिन्दु कायम गरेर सेवा लिन सक्ने व्यवस्था भएको हाे । अब स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै स्वास्थ्य बिमामा आबद्ध नागरिकले आफ्नै थातथलोमा सेवा लिन सक्ने बताइएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार उक्त सेवा सेवाग्राहीले अबकाे एक महिनाभित्रमा उपभोग गर्न पाउने छन् । यसअघि बिमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नुपर्ने र बीमा गराइएको ठाउँबाट अन्यत्र गएका नागरिकलाई स्वास्थ्य सेवा लिन पुनः बीमा गरिएको स्थानमै जानुपर्ने बाध्यता रहेकाे थियो ।

नागरिकको मागअनुसार स्वास्थ्य बीमालाई व्यवहारिक, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यो संशोधन प्रस्ताव अघि सारिएकाे बताउँदै मन्त्री पौडेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेकाे र त्यसलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको बताइएकाे छ ।