Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नियम मिच्ने पाँच वाणिज्य बैंक कारवाहीमा

१८ बिहिबार , बैशाख २०८२७ घण्टा अगाडि

नियम मिच्ने पाँच वाणिज्य बैंक कारवाहीमा

नेपाल राष्ट्र बैंकले नियम मिच्ने विभिन्न पाँच वटा वाणिज्य बैंकलाई कारवाही गरेकाे छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियम मिच्ने पाँच वाणिज्य बैंकका सीईओहरुलाई सचेत गराउनेदेखि बैंकमाथि जरिवानासम्मको कारवाही गरेको हो ।

राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारबाहीमा गरेकाे हाे । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना समेत तिराइएको छ ।

राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि यस बैंकलाई जरिवाना तिराइएको बताइएकाे छ ।