Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

रामप्रसाद खनालको नयाँ सन्देशमूलक गीत "केही नगरी बस्यो भने"

१९ शुक्रबार , बैशाख २०८२६ महिना अगाडि

रामप्रसाद खनालको नयाँ सन्देशमूलक गीत "केही नगरी बस्यो भने"

अमेरिका र नेपालबाट एक साथ रिलिज भयो रामप्रसाद खनालको सन्देशमूलक गीत "केही नगरी बस्यो भने"

वाशिङ्गटन डिसी / लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत " केही नगरी बस्यो भने " नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजे देखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समय अनुसार ) रिलिज भएको हो । अरू गायक कलाकार विदेश पसे भने आफ्नो गायन कलाकारिता बाट बिस्तारै हराउँछन् भनिन्छ तर १८ वर्ष देखि अमेरिका बस्दै आएका रामप्रसाद खनाल अमेरिकामा रहँदा पनि नेपालमा जत्तिकै सक्रिय छन् गीत सङ्गीत, कलाकारिता र पत्रकारितामा पनि ।

.....सुख छँदै छैन आमा मान्छे भएर जिउन यहाँ

झुट को जहर पिलाउँछन् पर्दैन नि पिउन यहाँ ।......

खनालको आफ्नै शब्द र स्वर रहेको यो नयाँ गीत " केही नगरी बस्यो भने " मा थानेश्वर गौतमको सङ्गीत र बीबी अनुरागीको सङ्गीत संयोजन रहेको छ । खनालले लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक गीत, सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजन कीर्तन देखि तीजका गीत सम्म गाएका मात्र छैनन् उनले तिहारको देउसी, भैलो लगायतका नेपालमा गाइने प्राय: सबै खाले गीत पनि गाएका छन् ।

प्रस्तुत गीतमा उनले अहिलेको समाजको चरित्रलाई विषयवस्तु बनाएका छन् । गीतका हरेक शब्द हरू मन छुने खालका र अहिलेको समाजको प्रवृत्तिलाई ऐना बनेर देखाइरहेका छन् खनालले ।

गीतको म्युजिक भिडियोमा उनले आफू सँगै नायिका रजनी केसी, निर्माता निर्देशक, सुप्रसिद्ध कलाकार निर्मल शर्मालाई पनि मोडेलका रूपमा प्रस्तुत गरेका छन् । सन्देश मूलक गीतमा पनि उनले नृत्य सहित नेपाली पन दिन खोजेका छन् । म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन् । गीत रामप्रसाद खनाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । खनालका हाल सम्म एक हजार दुई सय भन्दा बढी लोकगीत, दोहोरी गीत, आधुनिक गीत, सामाजिक सन्देश मूलक गीत, राष्ट्रिय गीत, भजन कीर्तन देखि तीजका गीत, देउसी भैलो गीत बजारमा आइसकेका छन् भने पचपन्न भन्दा बढी एल्बमहरू प्रकाशन भइसकेका छन् ।

हाल खनालका गीतहरू Cd Baby, Spotify, Youtube, Amazon Music, Apple Music, Distokid लगायतका कैयौं अन्तर्राष्ट्रिय म्युजिक प्लेट फर्महरूमा पनि उपलब्ध छन् । खनालका गीतहरूमा नेपाली संस्कृति, परम्परा, रीति रिवाज देखि अनुशासन सम्म सबै कुरामा ध्यान दिने गरेकाले उनका गीतहरू पुरानो पिँढी देखि नयाँ पिँढी सम्म लोकप्रिय छन् । उनका गीत वा प्रस्तुतिहरूमा कहीँ कतै पनि छाडा पन वा अमर्यादित कुरा नहुने भएकोले सपरिवार सँगै बसेर हेर्न र सुन्न सकिने खालका हुन्छन् । अमेरिकामा विभिन्न व्यवसायमा संलग्न खनाल एक सफल व्यवसायीका रूपमा पनि परिचित छन् । उनी अमेरिकामा पनि नेपाली कला र संस्कृतिका धरोहर भनेर चिनिन्छन् ।

खनाल कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्चका संस्थापक र अध्यक्ष पनि हुन् । चार दशक यता गीत सङ्गीत कलाकारिता र पत्रकारिताको क्षेत्रमा अत्यन्त सक्रिय रामप्रसाद खनाल राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पुरस्कारहरू र सम्मानहरू प्राप्त गरिसकेका स्थापित गायक, स्रष्टा, कलाकार र पत्रकार हुन् । खनाल एउटा यस्तो खुला किताब मानिन्छन् जसले हरेक कुरा पारदर्शी ढङ्ग बाट सबैका सामु राख्छन् । उनको आधिकारिक वेब साइट www.RamPrasadKhanal.com मा जाँदा होस वा उनले प्रयोग गर्ने सामाजिक सञ्जालहरू Facebook, Twitter x , TikTok, Instagram, Truth Social मा जाँदा होस छर्लङ्ग देख्न, थाहा पाउन सकिन्छ ।  गीत को लिङ्क यहाँ छ :  https://www.youtube.com/watch?v=ncr6OV_OhJs