Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी

२३ मंगलबार , बैशाख २०८२एक बर्ष अगाडि

प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी

 २०८२-१-२० र २१ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागद्वारा आयोजित दुईदिने बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा महिला कविको अवस्थिति विषयक कार्यपत्रमाथि छलफल गर्नुका साथै ४० जना स्रष्टाले सिर्जना वाचन गर्नुभएको थियो ।

कुलपति राईले प्रज्ञा(प्रतिष्ठानले प्रदेशस्तरमा महिला स्रष्टाकेन्द्रित कार्यक्रम गर्दै आएको बताउनुभयो। उहाँले सबै लिङ्ङ्ग, जातजाति र भाषाभाषीलाई समान व्यवहार गर्नुका साथै सीमान्तकृत वर्ग, समुदाय र लोपोन्मुख भाषाको संरक्षण तथा उत्थानमा प्रज्ञा प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।

काव्य विभाग प्रमुख बाबा बस्नेतले बागमती प्रदेशका सबै जिल्लाका नारी स्रष्टाको उपस्थितिमा भएको कार्यक्रम  प्रदेशस्तरमा राम्रो सन्देश जानुका साथै नारी स्रष्टामा ऊर्जा थप्ने काम गरेको बताउनुभयो । कार्यक्रममा समालोचक लीला लुइटेलद्वारा बागमती प्रदेशमा महिला कविको अवस्थिति विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि समालोचकद्वय अनुपमा रेग्मी र प्रमिला दाहालले टिप्पणी गर्नुभएको थियो। कार्यक्रमको दोस्रो सत्रमा भएको सिर्जना वाचनमा डा। वेञ्जु शर्मा, जलेश्वरी श्रेष्ठ, सन्ध्या पहाडी. डा. शशि थापा ,भैरवी भुगोल, उषाकिरण तिवारी,एलिसा ढुङगाना, तारा तामाङ, दीप्स शाह, विमला दाहाल, सम्झना गौतम, दुर्गाकिरण तिवारी, ललिता दोषी, सुशीला खड्‌का हसिना, द्वारिका कुइकेल, पञ्च कुमारी परिवार, पार्वती अधिकारी पारु, सुफल, थपलिया ,लक्ष्मी रुम्बा, बिना थिङ, भगवती बस्नेत, रजनी कार्की, जानुका दाहाल, धनमाया राई, दीक्षा लामा, आयुसा आचार्यलगायत चालिसभन्दा बढी नारी स्रष्टाले सिर्जना वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रम नुवाकोट साहित्य प्रतिष्ठानको सहआयोजनामा गरिएको हो । कार्यक्रमको दोस्रो दिन देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानसँगको सहकार्यमा अन्तक्रिया गरिएको थियो ।
कार्यक्रमको संचालन स्रष्टा भगवती खनालले गर्नुभएको थियो।