Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

सेती नदिमा वेपत्ताको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

२३ मंगलबार , बैशाख २०८२एक बर्ष अगाडि

सेती नदिमा वेपत्ताको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ खाल्टेमसिना स्थित सेती नदिमा वेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल सोही महानगरपालिका स्थित मझेरीपाटन बस्ने १८ बर्षिय युवराज वि।क। सो नदिमा पौडी खेल्ने क्रममा बैशाख २२ गते दिउँसो २ः०० बजे  डुवेर वेपत्ता भएका  थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं। २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराईबाट घटनाको करिब डेढ घन्टा पछि उनको शव बाहिर निकालेको हो ।