Advertisement Banner
Advertisement Banner

१७ बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाल लाइफको देशव्यापी २४औँ वार्षिकोत्सव सम्पन्न

२३ मंगलबार , बैशाख २०८२एक बर्ष अगाडि

नेपाल लाइफको देशव्यापी २४औँ वार्षिकोत्सव सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशव्यापी रुपमा २४औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । देशको विभिन्न १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरि वार्षिकोत्सव सम्पन्न गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रुपमा परिचित रहेको छ । कम्पनीले २४औँ वार्षिकोत्सव अवसरमा देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत ४१२ पिन्ट रगत संकलन गरेको छ ।  

त्यसैगरी कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर समेत सन्चालन गरेको छ । चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको अवसरमा संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनीहरु, सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, कर्मचारीहरु, नियामक निकायका साथै सबै सरोकारवालाहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धन्यवाद तथा शुभकामना दिएका थिए ।