Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरूद्ध

२८ आइतबार , बैशाख २०८२२ महिना अगाडि

ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरूद्ध

काेइला बाेकेकाे ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरूद्ध भएकाे छ । आज बिहान ७ बजे वीरगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा पल्टिएपछि सडक अवरूद्ध भएकाे हाे ।

अहिले मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलाकाे बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएकाे छ । चितवन प्रहरीका अनुसार ट्रक अनियन्त्रित भई पल्टिएको र अहिले दुवैतर्फ बाटो अवरुद्ध भएको बताइएकाे छ ।

मुग्लिनबाट दुई किलोमिटर दक्षिणतर्फ दुर्घटनास्थल रहेकाे र उक्त स्थानमा बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको प्रहरीले जनाएको छ ।