Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

सूचना प्रविधिका विद्यार्थीलाई छात्रवृत्ति

२९ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

सूचना प्रविधिका विद्यार्थीलाई छात्रवृत्ति

सरकारले सूचना प्रविधि विषय (आईटी) मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि विषय लिएर उच्च तहमा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको हो । त्यसका लागि सूचना प्रविधि विभागले आवेदन मागेको छ ।

‘सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्तिसम्बन्धी कार्यविधि, २०८१’ बमोजिम आवेदन मागिएको छ । विभागले स्वदेशी वा त्यस्तो विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त शिक्षण संस्थामा सूचना प्रविधि विषय लिएर स्नातक, स्नातकोत्तर, एमफिल वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीले निवेदन दिनसक्ने जनाएको छ ।

विभागका अनुसार प्रतिविद्यार्थी ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने छ । सूचनामा भनिएको छ, ‘सूचना प्रविधि विषय लिई स्नातक, स्नातकोत्तर, एमफिल वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीहरुलाई निर्धारित कोटामा जनही एकमुष्ट ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम भएको हुँदा इच्छुक विद्यार्थीबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन तदनुसार २०८२ जेठ १२ गतेभित्र निवेदन दिन अनुरोध छ ।’