Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सगरमाथा संवादकाे सम्पूर्ण तयारी पूरा

०१ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

सगरमाथा संवादकाे सम्पूर्ण तयारी पूरा

नेपाल सरकारले जेठ पहिलो साता आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को सम्पूर्ण तयारी पूरा भएको बताएकाे छ । काठमाडौंमा आयोजना हुन लागेको संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको सगरमाथा संवाद व्यवस्थापन समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

जेठ पहिलो साता हुने संवादमा विश्वका १७५ जना पाहुना सहभागी हुँदैछन् । नेपालले अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गर्न लागेकाे उक्त संवादमा जलवायु परिवर्तन, हिमाल र मानवीय भविष्यका विषयवस्तु तय गरेकाे छ ।

२०८२ जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडाैँको सोल्टी होटेलमा आयोजना हुने सगरमाथा संवाद अन्तर्गत विभिन्न सत्रको सबै खालको तयारी पूरा भएको समितिकाे संयोजक परराष्ट्रमन्त्री डा. आरजु राणाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी हुन् भने संवादमा विभिन्न १२ मुलुकका विदेशी उच्च प्रतिनिधिको सहभागिता सुनिश्चित गरिएको छ ।

स्वदेशी तथा विदेशी विशिष्ट पाहुनासहित ३ सय ५० जनाको प्रत्यक्ष सहभागिता रहने उक्त संवाद कार्यक्रमकाे उद्घाटन समारोह नेपालका प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी भारत र चीनबाट उच्च नेतृत्व, कोप–२९ का अध्यक्ष, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको भिडियो सन्देशसहितका सम्बोधन हुने जानकारी दिइएकाे छ ।