Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

एकै दिन १९५ फरार प्रतिवादीलाई पक्राउ

०१ बुधबार , जेठ २०८२६ महिना अगाडि

एकै दिन १९५ फरार प्रतिवादीलाई पक्राउ

प्रहरीले पर्साबाट एकै दिन १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी टोलीले मंगलवार विभिन्न मुद्दाका १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रहेका अदालतबाट फैसला भई दण्ड, जरिवाना तिर्न बाँकी फरार प्रतिवादीलाई विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी किशोर लम्सालका अनुसार पक्राउ परेका प्रतिवादीलाई पर्सा जिल्ला अदालतमा दाखिला गरिएको बताइएको छ ।