Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गुणस्तरहीन तीन औषधी बजारमा प्रतिबन्ध

०२ बिहिबार , जेठ २०८२एक बर्ष अगाडि

गुणस्तरहीन तीन औषधी बजारमा प्रतिबन्ध

औषधी व्यवस्था विभागले तीन वटा औषधीको उत्पादन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि विभागले ती औषधीमा रोक लगाएको हो ।

विभागका अनुसार सिद्धार्थ फार्मास्युटिकल्सद्धारा उत्पादित ब्याच नम्बर डीपीएससी ३३०१ को डोपन, सुप्रिमी हेल्थकेयरले उत्पादन गरेको ब्याच नम्बर पीएसी २४०५२ को प्यान्डम र आर्या फार्माल्याबद्धारा उत्पादित ब्याच नम्बर पीएफडिसी ०१०४१ को प्यान्टफास्टको किनबेचमा रोक लगाइएको छ ।

तीन वटै औषधीलाई बजारबाट तुरुन्त फिर्ता लैजान विभागको निर्देशन छ । सूचनामा भनिएको छ, ‘देहायका औषधीहरु न्यून गुणस्तर भएको पाइएकोले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नम्बरका औषधीहरु बजारबाट तुरुन्त फिर्ता गर्नू ।’

साथै, सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई निर्देश गर्दै ती औषधीको सिफारिस बेचबिखन तथा प्रयोग नगर्न अनुरोध गरिएको छ ।