Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

०२ बिहिबार , जेठ २०८२एक बर्ष अगाडि

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । टेरामक्स प्रकरणमा उनीसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा चलाइएकामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र संदिप अधिकारी, परामर्शदाता भ्यानराइज सोलुशन सालका सीईओ जमल अनौती, कनेक्सन ट्रेड लिंकका अध्यक्ष दिलिपकुमार गुरुङ्ग र निर्देशक तेजप्रसाद खरेल छन् ।

उनीहरुले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली  (टेरामक्स) खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयारी पारी सर्वोच्चको आदेशअनुकूल कानूनी व्यवस्थासमेत नगरी नागरिकको व्यक्तिगत सूचनामा पहुँच पाउने गरी अनधिकृत तवरमा संरचना स्थापना गर्न राज्यको सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको ठहर छ । अख्तियारले उनीहरुसँग तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार बिगो मागदाबी गरेको छ ।