Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

सडक विभागकी सब–इन्जिनियर गुरागाईंलाई स्पष्टीकरण सोधियो

०२ बिहिबार , जेठ २०८२एक बर्ष अगाडि

सडक विभागकी सब–इन्जिनियर गुरागाईंलाई स्पष्टीकरण सोधियो

सडक विभागकी सब–इन्जिनियर अस्मिता गुरागाईंलाई स्पष्टीकरण सोधिएको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेकी उनलाई विभागले आज सार्वजनिक सूचना निकालेर एक महिनाभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

अन्यथा, भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ । विभागका अनुसार सब–इन्जिनियर गुरागाईं २०८१ कात्तिक ४ गतेदेखि बिना सूचना अनुपस्थित छिन् ।

सूचनामा भनिएको छ, ‘तपाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउनुनपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र विभागसमक्ष स्पष्टीकरण पेश गर्नुहोला ।’