Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधी सहयोग

०३ शुक्रबार , जेठ २०८२१० महिना अगाडि

नेपाल मेडिकल कलेजद्वारा हजयात्रीहरुलाई औषधी सहयोग

नेपालबाट हज गर्न साउदी अरब जाने हजयात्रीहरुको स्वास्थ्यको ख्याल गर्दै नेपाल मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले अत्यावश्यक औषधीहरुको व्यवस्थापन गरिदिनु भएको छ । बिहीबार कलेजमै बोलाएर हज समितिका पदाधिकारीहरुलाई हजयात्रीहरुको स्वास्थ्य सेवामा कुनै समस्या नआवोस् भन्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराउनु भएको हो ।
‘नेपालबाट हज यात्रामा निस्कनु भएका सम्पूर्ण हजयात्रीहरुको सूस्वास्थ्य दिर्घायूको कामना गर्दै हजयात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु ।’ कलेजका अध्यक्ष प्रा।डा। अन्सारीले भन्नुभयो । उपलब्ध गराइएको औषधीहरुले यात्रारत हजयात्रीको स्वास्थ्यमा कुनैपनि स्वास्थ्य समस्या देखापर्नु पूर्व र स्वास्थ्य समस्या देखापरे पछि सेवन गर्न मिल्नेछन् ।
सो अवसरमा नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले कलेजका अध्यक्ष प्रा।डा।अन्सारीले हजयात्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराएकोमा कृतज्ञता सहित धन्यवाद व्यक्त गर्नुभयो । ‘यहाँले प्रदान गर्नु भएको स्वास्थ्य सामग्रीले हज यात्रामा जाँदै गर्नुभएका धेरै हजयात्रीको जीवन बचाउन टेवा पुग्ने विस्वास छ । यहाँको सद्भाव र सहयोग प्रति कृतज्ञता प्रकट गर्दछौं । अध्यक्ष मिँयाले भन्नुभयो ।
हज समितिका अनुसार यो पटक ११७१ जना नेपाली हजयात्री मक्का मदिना जाँदैछन् । जसमा ५२५ जना महिला र ६४६ जना पुरुष रहेका छन् । उल्लेखित हजयात्री मध्ये करिब २ सय जना ज्येष्ठ नागरिक रहेका छन् ।
नेपाल हज समितिले हरेक वर्ष साउदी अरबको हजयात्रामा जाने मुस्लिम समुदायहरुको व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ । साउदी अरब सरकारले सन् २०२५ को हजयात्राका लागि नेपाललाई १२ सय जना इस्लाम धर्मावलम्बीको कोटा निर्धारण गरेको छ ।