Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

ताप्लेजुङमा तीन गतेदेखि हराएकी युवती मृत फेला

०३ शुक्रबार , जेठ २०८२१६ दिन अगाडि

ताप्लेजुङमा तीन गतेदेखि हराएकी युवती मृत फेला

ताप्लेजुङमा तीन दिनदेखि हराएकी युवती मृत फेला परेकी छन् । ताप्लेजुङको मैवाखोला गाउँपालिका-१,खानीटोल चित्रेकी २४ वर्षीया युवती वर्षा तामाङ मृत फेला परेकी हुन् ।

वैशाख ३० गतेदेखि हराएकी युवती तामाङको शव खानीटोलस्थित जंगलमा फेला परेको बताइएकाे छ । जंगलमा मृत भेटिएकी युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको वडा नं. १ का वडा अध्यक्ष चन्द्र तामाङले जनाएका छन् ।