Advertisement Banner
Advertisement Banner

०९ बिहिबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध

०६ सोमबार , जेठ २०८२३ दिन अगाडि

वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध

हेटौंडा–काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ वर्षाका कारण अवरुद्ध भएको छ । गएरातीको वर्षाका कारण उक्त सडक खण्डकाे बागमती खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरूद्ध भएको हाे ।

हेटौंडा–काठमाडौ सडक खण्डकाे मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सन मार्फत सवारी आवत जावत गर्दै आएकाेमा उक्त डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाढीका कारण डाइभर्सन बगाएकाे र जसका कारण सवारी आवतजावत अवरूद्ध भएपछि अहिले प्रहरी टोली पुगेर अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।