Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

प्रहरी सहायक निरिक्षक कुन्जाङले गरिन सगरमाथाको सफल आरोहण

०६ सोमबार , जेठ २०८२एक बर्ष अगाडि

प्रहरी सहायक निरिक्षक कुन्जाङले गरिन सगरमाथाको सफल आरोहण

नेपाल प्रहरीको सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । प्रहरी सहायक निरिक्षक शेर्पाले आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

सगरमाथाको सफल आरोहण गरेकी प्रहरी सहायक निरिक्षक शेर्पालाई आईजीपी दीपक थापाले बधाई दिएका छन् । प्रहरीको साइबर ब्यूरोमा कार्यरत शेर्पालाई गत चैत २५ गते आईजीपी थापाले लैंगिक हिंसा विरुद्धको नारासहितको व्यानर हस्तान्तरण गरेका थिए ।

नेपाल प्रहरी प्रधान कार्यालयले उनी सगरमाथाको चुचुरोमा पुगेको जानकारी दिएको छ ।