Advertisement Banner
Advertisement Banner

१९ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

बालिका बलात्कार आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ

०६ सोमबार , जेठ २०८२१३ दिन अगाडि

बालिका बलात्कार आरोपमा ७५ वर्षीय वृद्ध पक्राउ

दाङमा बालिका बलात्कारको आरोपमा एक ७५ वर्षीय वृद्ध पक्राउ परेका छन् । नातीनी पर्ने ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ परेका हुन् ।  

दाङको तुलसीपुर-१७ का ७५ वर्षीय वृद्धले गएको शनिबार बालिका बाख्रा चराउन गएको र तिर्खा लागेर पानी खान वृद्धको घरमा गएको बेला चक्लेट खाने पैसा दिन्छु भनी जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य रानाकाअनुसार पक्राउ पछि अनुसन्धान थालिएको छ । वृद्धलाई ५ दिन म्याद थपेर अनुसन्धान थालिएको र बालिकालाई स्वास्थ्य परीक्षणपश्चात हजुरआमाको जिम्मा लगाइएको बताइएको छ ।