Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने पक्राउ

०७ मंगलबार , जेठ २०८२६ महिना अगाडि

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने पक्राउ

आकर्षक तलबमा वैदेशिक रोजगारीमा ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राई पक्राउ परेका हुन् ।  

राईले वैदेशिक रोजगारीमा ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले राईलाई आइतबार पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।