Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी

०९ बिहिबार , जेठ २०८२१० महिना अगाडि

अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी

अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरिरहेका व्यक्ति तथा संस्थाविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणले कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गर्नेलाई उक्त चेतावनी दिएको हो ।

प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम अनुमतिपत्र नभई इन्टरनेट सेवा सञ्चालन गर्नु गैर कानुनी भएको स्पष्ट पारेको छ । 

त्यसरी अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गर्नु गैर कानुनी कार्य भएकाले प्रचलित कानुन बमोजिम कडाइका साथ कानुनी कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।