Advertisement Banner
Advertisement Banner

२१ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्झौता

१० शुक्रबार , जेठ २०८२एक महिना अगाडि

अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्झौता

अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच सम्झौता भएको छ । सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य सहित उक्त सम्झौता गरिएको हो ।

उक्त सम्झौताका लागि नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि काठमाडौँ उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा अनलाइनबाट सम्पन्न हुने बताइएको छ ।

यो सम्झौतासंगै आवास र सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न हुनुका साथै सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्नेमा कोष विश्वस्त रहेको छ ।