Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

ग्वार्कोको ओभरपास जेठ मसान्तभित्र संचालनमा आउने

१२ आइतबार , जेठ २०८२६ महिना अगाडि

ग्वार्कोको ओभरपास जेठ मसान्तभित्र संचालनमा आउने

चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड अन्तर्गत ग्वार्कोमा निर्माणाधीन ओभरपास यही जेठ मसान्तभित्र संचालनमा आउने भएको छ । निर्माण कम्पनीले आयोजनाको काम जेठ १५ गते भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी भएसंगै उक्त ओभरपास संचालनमा आउने भएको हो ।

उक्त आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराउदै निर्माण कम्पनीले यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको बताएको छ । ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष म्याद थप हुँदा पनि काम पूरा नहुने देखिएपछि सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट हर्जाना तिराएर काम गराइरहेको छ ।

उक्त योजना सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको र त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग २०७८ फागुन १२ गते सम्झौता भएको थियो । 

उक्त ओभरपास बनेपछि चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा पुग्ने छ ।