
चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म यातायात व्यवस्था कार्यालय बारा कलैयाले ८ करोड बढी राजस्व संकलन गरेकाे छ । कार्यालयले जेठ पहिलो सातासम्म ८ करोड २१ लाख ७० हजार १ सय ३२ रूपैयाँ राजस्व संकलन गरेको हाे ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहजनक ढंगले राजस्व संकलन गरेकाे जनाएका छन् । उनका अनुसार कार्यालयले औषतमा मासिक ६१ लाख हाराहारीमा राजस्व संकलन गर्दै आएकाे बताइएकाे छ ।
जसमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ ३ करोड ८३ लाख ८७ हजार २ सय ६७ रूपैयाँ राजस्व संकलन गरेकाे छ । त्यस्तै सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ १ करोड ६९ लाख ६५ हजार संकलन गरेकाे छ भने अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा ८३ लाख ७६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ भने अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नविकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ ८ लाख २८ हजार ९ सय ५० राजस्व संकलन गरेको छ ।
कार्यालयले आयकरतर्फ ८ लाख ६० हजार ५ सय २५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रूपैयाँ राजस्व संकलन गरेको बताइएकाे छ ।