
रूपन्देहीमा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगालागी हुँदा दाजुबहिनीको मृत्यु जलेर मृत्यु भएको छ । रूपन्देहीको शुद्धोधन गाउँपालिका-५, जयनगरमा भएको उक्त आगालागीमा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको मृत्यु भएको हो ।
ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगलागी भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जनाएका छन् । हिँजो साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको बहिनी सोनमको मृत्यु भएको थियो ।
त्यस्तै दाजु शिवकुमारको थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतक दाजुबहिनीको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।